निरन्तर ओरालो यात्रामा सुनको मूल्य

0
8

काठमाडौं- मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य आज पनि घटेको छ । अघिल्लो साताको सोमबारबाट घट्न थालेको सुन चाँदीको मूल्य आज मंगलबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन आज प्रतितोलामा ९४ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here