निधि र सिंहले गरे देउवालाई समर्थन

0
12

काठमाडौं – पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका काँग्रेस नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ । पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान मंगलबार साढे ३ बजेदेखि सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here