नासाले पठायो अन्तरिक्षमा संसारकै ठूलो टेलिस्कोप

0
6

काठमाडौं – नासाको जेम्स वेब टेलिस्कोपले संसारकै शक्तिशाली एवं ठूलो टेलिस्कोप अन्तरिक्षमा पठाएको छ । शनिबार बिहान जेम्स वेब नामक टेलिस्कोपलाई फ्रेन्च गुयनास्थित केन्द्रबाट अन्तरिक्षमा पठाइएको हो । नासाको जेम्स वेब टेलिस्कोपले १६ लाख किलोमिटर टाढा पुगेर पहिलो तारा र आकाशगंगाको प्रकाशको अवलोकन गर्नेछ । त्यस्तै उक्त टेलिस्कोपले ब्रह्माण्डमा अन्य जीवको अस्तित्व भए नभए भनेर अन्वेषण गर्नेछ । एरियन रकेटमा रहेको टेलिस्कोपलाई आफ्नो गन्तव्यमा पुग्न १ महिना लाग्ने र अर्को ५ महिनापछि ब्रम्हाण्डको अवलोकन गर्न सुरु गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अमेरिकी, युरोपेली तथा क्यानाडेली अन्तरिक्ष एजेन्सीका इन्जिनियरले बनाएको जेम्स वेब टेलिस्कोप अन्य टेलिस्कोपभन्दा १ सय गुणा शक्तिशाली रहेको छ । टेलिस्कोपले हाम्रो सौर्य मण्डलसम्बन्धी थप खोज गर्ने, सौर्य मण्डलभन्दा बाहिर रहेका ग्रहको नयाँ तरिकाले अवलोकन गर्ने र ब्रम्हाण्डलाई अझ टाढा गएर ब्रम्हाण्डको अन्वेषण गर्ने समाचारमा उल्लेख छ । (स्रोत: अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here