नारायणी नदीमा डुंगा दुर्घटना एकजना बेपत्ता

0
16

नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा डुंगा दुर्घटना भएको हो । अन्य छ जना भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।
सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको बताइएको छ । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here