नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए

0
6

रुपन्देही – नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको हो । ब्यारेजमा पानीको बहाव अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ ।

नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here