नारायणघाट-काठमाडौँ सडकमा आजदेखि मालवाहक गाडी चलाउन नपाइने

0
5

काठमाडौँ- आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डाै सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ। यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो। विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ। दशैँमा काठमाडौँबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो।

ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ। विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ।

यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ। रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने छ। रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन्।

त्यस्तै, असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष काठमाण्डाैबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here