नायिका वर्षा शिवाकोटी फिचर्ड दिपकराजको ‘तिम्रो दिलको चाबी’ रिलिज [भिडियो ]

0
223

काठमाडौं- गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ ।
गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । पछिल्लो समय गीतकार पाठक फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here