नातिनीले दिने भइन् प्रधानमन्त्रीलाई मिर्गौला

0
29

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाए अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।
प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम भने गोप्य राखिएको छ ।
उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको बताइएको छ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा भने बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा गरिएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।
पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्यक्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।
‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले ओलीका लागि होइन मुलुकको भोलिका लागि म मेरो मिर्गौला दिन्छु भनेर आग्रह गरेका थिए’ स्रोतले भन्यो ‘तर नातिनीलेनै दिने भनेपछि उनकै म्याच भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here