नाडा अटो शो २०२३ : हन्सराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एनएस २०० र एनएस १६० राख्ने

0
2

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलहरुको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटोशो २०२३ मा नयाँ पल्सर राख्ने भएको छ । कम्पनीले यस अघि नै नेपाली बजारमा सार्वजनिक भइसकेको पल्सर एनएस २०० र पल्सर एनएस १६० राख्ने भएको हो ।

यसअघि नै सार्वजनिक भइसकेको एनएस नाडा शोमा राख्ने कम्पनीले जनाएको छ। कम्पनीले असार २१ गते नेपाली बजारमा यी दुई मोटरसाइकल सार्वजनिक गरेको थियो ।

पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी छ । यो मोटरसाइकलले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८ हजार आरपइएममा १८.७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स दिन्छ । यस्तै, यो मोटरसाइकलमा आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसबाहेक, अटोशो २०२३ मा पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्यूल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन छ । यो मोटरसाइकलमा १२ लिटर पेट्रोल अट्ने क्षमता छ । मोटरसाइकलले सहरी क्षेत्रमा ३५ र हाइवेमा ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६एनएमको टर्क प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

https://www.facebook.com/hhbajaj/videos/231943376514592

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here