नरहरि ‘प्रेमीको’ संगीतमा सुप्रसिद्ध भारतीय गायक कुमार ‘सानुले’ गाए ‘एउटा गुनासो’ (हेर्नुहोस भिडियो)

0
20

काठमाडौँ- लोकप्रिय गायक एबम संगीतकार नरहरि प्रेमीको संगीतमा, ‘एउटा गुनासो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना तथा सुप्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छ भने संगीत संयोजन देवेन्द्र नेवाको रहेको छ।
वियोगान्त भावको गीत एउटा गुनासो को भिडयो गायक / संगीतकार नरहरि प्रेमीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ल
जीबी आग्रीको निर्देशन मा बनेको गीतको भिडियोमा डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन दुलालको सम्पादन रहेको छ । भिडियोमा असद खान र वविता देवको अभिनय रहेको छ। भिडियोमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् l यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ l जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन् l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here