नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

0
8

मोरङ- विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्री लाइ ठक्कर दिएको थियो। ठक्कर पछि गम्भीर घाइते भएका विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here