नदी किनारमा भेटियो बम

0
16

सिरहा – सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार अर्थात आज बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो ।
गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । अहिले बमलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको बताइएको छ भने, बम डिस्पोजको लागि चोहरुवा सेरगन बम डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here