‘धिक्कार छ दुईतिहाई सरकार !’ भन्दै राजीनामा घोषणा गरिन नेकपाबाटै निर्वाचित उपमेयरले

0
151

उदयपुर – उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्।
‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार !’


उनले सरकारका कमजोरीलाई सोलोडोलो उल्लेख गरेपनि आफूलाई मन नपरेको खास विषय भने खुलाएकी छैनन् । चौधरी तत्कालीन नेकपा एमालेबाट ०७४ को स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्। स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भैरहेको छ।
यस्तै बेलका नगरपालिका फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी दिइएको छ। नगरपालिकाको फेसबुक अकाउन्टमा त चौधरीको राजीनामाको विषयलाई ‘ब्रेकिङ’ हेडिङ दिएर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here