धरानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु मृतकमा कुनै दीर्घरोग नभएको अस्पताल स्रोतको जानकारी

0
135

काठमाडौँ – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको हो। उक्त संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग नभएको समेत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । अस्पतालका अनुसार मृतकको शव नियमानुसार व्यवस्थान गरिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here