‘धन्न युट्युबर सिंहरदरबार छिर्न पाएनन्, नत्र घटना अर्कै बन्थ्यो –सञ्चारमन्त्री बास्कोटा

0
75

काठमाडौँ – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् ।
बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गर्दा मन्त्री गोकुल बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताएका छन् । यस्तै अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो,या यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको समेत उनले भनेका थिए ।
बास्कोटाले भने – ‘भक्तपुरमा कसले कोसँग मिलेर आमालाई मारिन्, निर्मला प्रकरण, पुलिस जता जान्छ अर्कोतिर अपराधी छ भनेको छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पनि दिँदैन । कि जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भइरहेको छ ।’
सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको समेत मन्त्री बास्कोटाले जानकारी दिए । छिस्रिक्क केही भयो भने पनि प्रजातन्त्रको दुहाई दिने, प्रेस खतरामा पर्यो भन्ने गरेको उनले बताएका थिए ।
उनले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर पनि प्रश्न गरेका छन्। यस्तै सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री हुन नहुने बताएका छन् ।
‘प्रेस कार्ड पनि लिएका हुँदैनन् युट्युवरहरुले, धन्न अस्ति यहाँ सिंहदरबारमा आत्महत्या भएको दिन आइपुगेनछन्, युट्युवर । यहाँ आइपुगेको भए के के हुन्थ्यो होला हेड्लाइन् । अचम्मै हुन्थ्यो हो हल्ला, जुलुस धर्ना, को कस्का पक्ष, को कस्का बिरोधी भनेर उपद्रै भइसक्थ्यो । घटनालाई रहस्यमय बनाईदिने, टाइटलहरु त्यस्तो हालिदिने । त्यो मिडियाको काम हैन उनले भने ।’नेपाली प्रेस जिम्मेवार, मर्यादित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बताए । यस्तै, मिडियालाई जिम्मेवार बनाउन आमसञ्चार बिधेयक र सामाजिक सञ्जाल नियमन गर्न फरक फरक बिधेयक ल्याएको समेत उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here