देशभर चिसो बढ्यो, चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल

0
4

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो। पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात भइरहेको र तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अपिलसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here