देशभरका सामुदायिक विद्यालय बन्द, सरकार र शिक्षकबीच वार्ता जारी

0
3

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । देशभरका विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकका प्रतिनिधिहरु र सरकारबीच आज बिहान ८ बजेदेखि गृह मन्त्रालयमा वार्ता भइरहेको हो । यसअघि शिक्षा मन्त्रालयद्धारा गठित वार्ता समितिले मंगलबार वार्ताका लागि बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । तर, बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने वार्तामा बसेका हुन् ।

वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले आज बिहीबारदेखि विद्यालय बन्द गरेका छन् । उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म विद्यालयमा पठनपाठन सुरु नगर्ने भन्दै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here