देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प हुँदा सर्वसाधरणलाई सास्ती

0
6

काठमाडौं- चिकित्सकहरुले देशभरका सरकारी अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कारबाही गर्नेलाई कारबाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

देशको सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा पनि आपतकालीनबाहेक सबै प्रकारका सेवाहरु ठप्प छ । चिकित्सकहरु शान्तिपूर्ण धर्ना र प्रदर्शनमा रहेका छन् ।

चिकित्सकहरुको आन्दोलनले सर्वसाधरणहरु मारमा परेका छन् । टाढा–टाढाबाट उपचारका लागि आएका विरामीहरु सेवा नपाउँदा निराश भएर फर्किएका छन् । आन्दोलनको प्रत्यक्ष मारमा वृद्धवृद्धा, अङ्ग र दीर्घरोगीहरु परेका छन् ।

सरकारी अस्पतालको सेवा ठप्प हुँदा निजी अस्पतालमा भने विरामीहरुको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here