दुर्गा प्रसाईलाइ केन्द्रिय सदस्यमा मनोनित गर्न ओलीले गरे केन्द्रीय कमिटी बैठकमा प्रस्ताव

0
6

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् । बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा व्यवसायी दुर्गा प्रसाई पनि रहेका छन् । प्रसाईसँगै रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डित लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ । ओलीको प्रस्तावमाउपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफ्ना धारणा राखिसकेका छन् । त्यस्तै सचिव योगेश भट्टराईले आफ्ना सुझाब राखेपछि अर्का सचिव गोकर्ण विष्टले आफ्ना धारणा राखिरहेका छन् । गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा आजै स्थायी समिति र पोलिटब्युरो गठनका लागि अध्यक्ष ओलीले नाम प्रस्ताव गर्नेछन् । एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । शनिबारबाट सुरु भएको एमालेको दोस्रो बैठक आजै सक्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here