दुइ परिबार बीच एक आपसमा झडप हुँदा एक महिलाको मृत्यु

0
13

काठमाडौं – दुई परिवार बीच एक आपासमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप भएको हो। झडपमा परि भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिएका छन्। श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here