दुई छोरी र आमाको पोखरीमा डुबेर मृत्यु

0
14

काठमाडौं – पोखरीमा डुबेर मोरङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो ।
आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै जना डुबेको अवस्थामा मृत फेला परेका छन् ।
घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here