दिल्ली नगरमा ढल्यो मोदीको सत्ता, बहुमतसहित विजयी भयो आम आदमी पार्टी

0
2

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ । दुई सय ५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले एक सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले एक सय चार वडामा विजय हासिल गरेका छन् । यस्तै कंग्रेसले नाै सिट र अन्य स्वतन्त्रले तीन सिट जितेका छन् । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here