दिन प्रतिदिन घट्दै सुनको मूल्य , आज पनि घट्यो आखिर कति घट्यो ? हेर्नुहोस

0
13

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार रुपैयाँमा तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार २ सय र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने थोरै बढेको छ । आज चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here