दिनरात काम मात्र २ घण्टा आराम।।जो रातमा २घण्टा मात्रै सुत्न पाउँछिन।।

0
161

काठमाडौं- स्कटल्याण्डकी एक महिला वैज्ञानिक डा. केट ब्रोडरिक रातमा २ घण्टा मात्रै सुत्न पाउँछिन्: ( द टाइम्सको रिपोर्ट अनुसार ) । उनि कोरोनाभाइरसको प्रकोपबाट मानिसहरुलाई बचाउन दिनरात लगातार काम गरिरहेकी छिन् । केट ब्रोडरिक कोरोनाभाइरसबाट बच्नको लागि भ्याक्सिनको आविष्कार गर्ने काममा लगातार प्रयासरत छिन् ।
उनि २० वर्षदेखि खतरनाक रोगबाट बचाउने भ्याक्सिन आविष्कार गर्ने काम गरिरहेकी छिन् । उनले इबोला भाइरस, जीका भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रयासमा सफलता पनि पाइन् । डा. ब्रोडरिक भन्छिन् ‘मलाई लाग्छ ममाथि ठूलो जिम्मेवारी आएको छ कि म यो औषधी आविष्कार गर्ने काम छिटो पूरा गरुँ ।’ उनले अहिले मुसा र सुँगुरमा भ्याक्सिनको परीक्षण समेत गरिरहेकी छिन् ।
डा. ब्राडरिक आफूले जीवनभर बदलाव ल्याउने काम गरिरहेको बताउँदै अब कुनै पनि हालतमा कोरोना भाइरसबाट बच्ने भ्याक्सिन आविष्कार गर्ने बताउँछिन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियासँग काम गर्ने डा. ब्रोडरिकसँग अनुसन्धानको लागि एक टिम छ । उनले अहिले रतमा औसत २ घण्टा सुत्न पाइरहेको बताएकि छन् ।
दुई सन्तानकी आमा डा. ब्रोडरिक विदा मनाउन गएकी थिइन् जतिबेला उनले चीनमा कोरोना भाइरस फैलिएको जानकारी पाइन् । चीनका अधिकारीहरुले भाइरसको जेनेटिक कोड जारी गरेको ३ घण्टामै डा. ब्रोडरिकले ३ घण्टाभित्र भ्याक्सिनको डिजाइन तयार गरिन् । भ्याक्सिन डिजाइन गरेको भोलिपल्टै त्यसलाई तयार गर्नको लागि फ्याक्ट्रीमा पठाइएको छ । डा. ब्रोडरिकको टिमलाई बिल गेट्स समर्थित एक संस्थाले समेत आर्थिक सहयोग उपलब्ध गराएको विभिन्न श्रोतहरुमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here