दार्चुलामा पहिराे, दुईको मृत्यु, सात घर पुरिए

0
337

काठमाडौं  – दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन्। ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरोमा बेपत्ता हरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए ।पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here