दाङको देउखुरीमा प्रदेश ५ को राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप

0
84

काठमाडौं – सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले सो प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
‘दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको छ, आजको संसदीय दलले यसका पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बैठकपछि बताए, ‘मुख्यमन्त्रीले यो प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिसक्नुभयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here