दश कम्पनीका ३० भन्दाबढी ब्राण्डका जुत्ता एकैठाउँमा पाइने

0
3

काठमाडौं – दश कम्पनीका ३० भन्दाबढी ब्राण्डका जुत्ता एकैठाउँमा पाइने भएको छ । यो अवसर भृकुटीमण्डपमा भइरहेको जुत्तामेलाले जुराएको हो । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने भएको हो । यस मेलामा यहि असोज १० गतेदेखि छुट अफर सुरु हुने भएको छ । जहाँ १५ देखि ६० प्रतिशतसम्म छुट पाइने आयोजकले जनाएको छ ।

जुत्तामेला संयोजक सविन काकीका अनुसार मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुजदेखि रन सु इण्डष्ट्रिजको रन सुजसम्म पाइन्छन् । त्यस्तै, मेलामा नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here