दशैंका लागि भदौ २९ गते देखि नयाँ नोट साट्न पाइने

0
19

काठमाडौं- दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो। सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाइनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ। नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर नयाँ नोट साट्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here