दल दर्ताको लागि निर्वाचन आयोग पुगे माधव नेपाल

0
9

काठमाडौ- नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु दल दर्ताको लागि निर्वाचन आयोग पुगेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग तर्फा पुगेका हुन् । निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here