थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ३४३० जना डिस्चार्ज

0
18

काठमाडौं – गएको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here