थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि काठमाडौं उपत्यकामा मात्रै ६२ जनामा संक्रमण

0
15

काठमाडौं – मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here