थप कडाइ गर्ने निर्णयका साथ भदौ १६ सम्म थपियो ​काठमाडौँ उपत्यकाको निषेधाज्ञा

0
4

काठमाडौं – भदौ ८ सम्म जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ । यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here