थप एक लाख मात्रा फाइजर खोप आइपुग्यो नेपाल

0
20

काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ । यहाँस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो । पहिलोपटक आएको यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताएका छन् । आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने र त्यो खोप बालबालिकालाई लगाउने सरकारको योजना छ । यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here