थपियो बिन्दबाशिनी म्युजिक अवार्डको फर्म भर्ने म्याद, कति दिन थपियो हेर्नुहोस।

0
158

नेपाली सांगीतिक संस्थाहरुले आयोजना गर्ने अवार्ड मध्ये सबैभन्दा पुरानो र विश्वसनीय अनि निस्पक्ष्य भनेर चिनिएको बिन्दबाशिनी म्युजिक अवार्डको फर्म भर्ने म्याद २०७६ श्राबण १ गतेदेखि ३२ गतेसम्म थियो तर अहिले त्यसको म्याद थपिएको छ l

भाद्र १ गतेदेखि लागु हुने गरि १० दिनको लागि म्याद थप गरिएको बुझिएको छ । आखिर अन्त्यमा आएर किन म्याद थपियो भनेर हामीले बुझ्न खोज्दा, यस प्रतिस्प्रधामा भाग लिन खोज्ने धेरै श्रस्टा सर्जकहरुको अत्याधिक माग अनि चाप भएकोले म्याद थपेको अवार्ड आयोजक संस्था बिन्दबाशिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिनुभयो । अवार्ड आयोजना गरेको १० बर्ष भएको कारणले पनि यसपाली अलि बिशेष र भब्य हुनेछ उहाले थप्नुभयो । साथै अवार्ड फर्म भर्न बाकि रहेका कलाकारहरुलाई निश्चित समय अबधिमा आएर फर्म भरिदिन पनि अनुरोध गर्नुभएको छ ।
कुल ३२ ओटा विधामा बितरण गरिने बिन्दबासिनी म्युजिक अवार्डका विधा हरु यसप्रकार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here