त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

0
9

काठमाडौं- भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ । विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको बताईएको छ ।विमानस्थलका एक सूचना जारी गर्दै भनेको छ, विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ । यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here