त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपाल र नामिबिया भिड्दै

0
3

काठमाडौं- नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ । पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ । यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय भएको छ । जसमा दुवै खेल नामिबियाले जितेको छ । नेपाल तेस्रो खेलमा भने नामिबियालाई हराउन चाहन्छ ।
६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ । बिहीबारबाट सुरू यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जितसहित सिरिजको सुरू गर्न चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here