तोलामा १७ सय रुपैयाँले घट्यो सुनको भाउ

0
24

काठमाडौं – सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।
कोरोना भाइरस ९कोभिड(१९०का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here