तेल बोक्ने ट्यांकरमा लागू औषध ओसारपसार २ जना पक्राउ

0
120

काठमाडौं – तेल बोक्ने ट्यांकरमा लुकाएर लागु औसध ल्याउँदै गर्दा मकवानपुरमा प्रहरीले दुइजनालाइ लागु औसधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमामा ट्यांकर चालक हेटौंडा उपमहनगरपालिका–४ बस्ने ३३ वर्षीय मान बहादुर थोकर र ४५ वर्षीय सेते लामा रहेका छन् । भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्यांकर हेटौंडा–१५ रातोमाटेमा जाचका क्रममा १ सय ५५ बोतल विनसिरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here