तिवारी आमाको साथमा मार्मिक अनि मौलिक तीज कोसेली ‘बुबा आमाको बेदना’ लिएर आए पुर्खे बा

0
295

काठमाडौं – पछिल्लो समयमा नेपालि श्रोता दर्शक माझ आफ्नो छुट्टै पहिचान बनाएर चर्चा कमाउन सफल कलाकार पुर्सोतम भण्डारी उर्फ ”पुर्खे बा” ले सदाका बर्षमा जस्तै यसपाली पनि एउटा मौलिक तीज गीत ”बुबा आमाको बेदना” लिएर बजारमा आएका छन्। गीत पोहोर साल बजारमा आएको ”पानी मरुवा” बोलको गीतको दोस्रो सिक्वेल भएको बताइएको छ। । भण्डारीले आफ्नै अफिसियल युट्युव च्यानल ”पुर्खे बा” मार्फत उक्त गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको छोटो समयमै अत्यधिक श्रोता दर्शकको माया पाउन सफल उक्त गीतमा स्वयम् ”पुर्खे बा” कै शब्द सृजना र भाका संकलन रहेको छ भने आवाजमा उनलाई तिवारी आमाको नामले परिचित गायिका लक्ष्मी तिवारी र निश्चल सुनारले साथ् दिएका छन्। गीतको भिडियोलाई भने ”पुर्खेबा” ले आफ्नै गृह जिल्ला गुल्मी मा छायांकन गरेका हुन्। जसमा निर्देशन उनै पुर्खे बा र पुर्सोतम गैरेको रहेको छ। गणेश सापकोटाले छायांकन गरेको भिडियोमा पुर्खे बा, तिवारी आमा, हेमराज अधिकारी, महेश बस्याल, र सम्पन्न श्रेष्ठले राम्रो अभिनय गरेर सबैको प्रसंसा बटुलिरहेको देख्न सकिन्छ भिडियोको सम्पादन भने समिर रामदामले गरेका हुन् जसमा रंग सुबास अमगाईले भरेका हुन् । गीतलाइ प्रकाश भट्टराई र चम्पा कुँवर थापा ले निर्माण गरेका हुन्।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here