‘तिमीलाई सल्युट’ भन्दै आए अस्मिता र किरण (भिडियो सहित)

0
199

काठमाडौँ  – पछिल्लो पुस्ताकी चर्चित गायिका एबम नेपाल आइडलकी थर्ड रनर अप अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत हालचालै विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत प्रकासनमा ल्याएको छ। गीतमा अस्मिता संगै किरण अधिकारीको कर्णप्रिय आवाज सुन्न सकिन्छ। मायामा परेपछि आउने मनोभावलाई केन्द्रमा राखेर चर्चित गीतकार दिनेश सुवेदीले लेखेको उक्त गीतमा संगीत भने नरेश भुर्तेलको को रहेको छ यस्तै संगीत संयोजन चर्चित संगीत संयोजक उदयराज पौडेलको रहेको छ। गीतको अडियो कुमार केसीले मिक्सिङ गरेका छन् । तिम्लाई सल्युट नामक एल्बममा राखिएको गीतको छायाङ्कन र सम्पादन भने राजन कार्कीले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here