तास खेलिरहेको अवस्थामा दाङबाट ८ जना पक्राउ

0
4

काठमाडौं – तास खेलिरहेको अवस्थामा दाङबाट ८ जना पक्राउ परेका छन् । प्रहरीले दाङको शान्तिनगर गाउँपालिका–५ स्थित स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here