ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण,हराए प्रधानसेनापति

0
320

एजेन्सी- ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका छन् । बिभिन्न अन्तराष्ट्रिय मिडियाहरुले जनाए अनुसार सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।
सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा प्रधानसेनापति मिङ बेपत्ता भएको बताइएको छ ।
हेलिकप्टरमा सवार केहीको उद्दार गरिएको छ भने प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here