तनहुँ-१ मा डा स्वर्णिम वाग्ले विजयी

0
7

तनहुँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनी १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे। वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन्। तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here