तनहुँमा बजारमै छिर्यो सेती ४२ घर डुबानमा

0
20

काठमाडौं – लगातारको बर्षाले तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी बस्तीमा पसेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
‘सेती नदी बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । क्षतिको विवरण संकलन गर्दै गरेको ,’ वडा नम्बबर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताएका छन् , ‘स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएको पनि उनले बताएका छन् ।’
सेती र सुरौंदी खोलाले थप क्षति पुर्‍याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको छ । नेपाली सेना र प्रहरीसँगै त्यहाका जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here