ढुंगाना र रिजाल भए कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

0
6

काठमाडौँ – एक उम्मेदवारले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए। तर, यादवले आइतबार उमेद्‌वारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वान समितिले जनाएको छ। शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि भोलि अर्थात सोमबार मतदान हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here