डोटीमा बोलेरो जीप दुर्घटना, ४ जनाको मृत्यु

0
6

काठमाडौं- डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्र्तगतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्तवले जानकारी दिए ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल रहेका छन् ।

घाइतेमध्ये विमला मलालको टाउकोमा र छातीमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here