डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने डब्ल्युएचओको चेतावनी

0
8

न्युयोर्क – विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ। युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरु देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिए। कोरोनाका पछिल्ला अध्ययनहरुले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टा भन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताए। ​डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिनु भएको छ। डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’ रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख संक्रमित थप भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here