डेढ किलो चरेससहित ४ जना पक्राउ

0
56

धनगढी – कैलालीमा करिब डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको डीएसपी विश्वकर्माले बताए ।
चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here