डेंगु रोग फैलन नदिन नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै बालेन

0
5

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।

सामाजिक स१जालमार्फत शाहले यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने दाबी गरिएको छ । मेयर शाहले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा गरिएको ।

तथा अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । मेयर बालेन शाहको स्ट्याटस जस्ताको त्यस्तै काठमाडौँमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide )छर्कदैछौ ।

यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिल्लो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here