डिएसपी सहित ८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

0
38

चितवन – चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
प्रहरी उपरीक्षक नान्तिराज गुरूङका अनुसार संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको समेत उनले बताएका छन्।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here